• +977 9857016822
  • info@daonnefeeds.com

Blog-details

 जाडोयाममा चल्ला हुर्काउदा अपनाउनुपर्ने सावधानीहरु यसप्रकार रहेका छन्।

Blog-Image

# जाडोयाममा चल्ला हुर्काउदा अपनाउनुपर्ने सावधानीहरु यसप्रकार रहेका छन्।
१) चल्ला आइपुग्नु अगाडि नै खोरलाई ब्रुडर चलाएर तताउन अत्यावश्यक हुन्छ। कम्तिमा पनि १२ घण्टा अगाडिदेखि खोर तताउन थाल्ने सुरुवाती तापक्रम ९५ डिग्री हुनु आवश्यक छ।
२) भुइँको चिसो नआओस् भनी जिडोयाममा सोत्तर बाक्लो हुनेगरी बिच्छाउने।
३) सुरुमा ०.२५ वर्ग फिट प्रति चल्लाको दरले ब्रुडिंग क्षेत्रफलको व्यवस्था गर्ने र पछि क्रमिक रूपले बढाउदै जाने।
४) गोलाकार ब्रुडिंग सर्वश्रेष्ठ हुनेछ किनकी गोलाकारमा कुनाकाप्चा हुदैन जहाँ चल्ला च्यापिएर मर्ने सम्भावना रहन्छ।
५) ब्रुडिंग सर-सामाग्री (ब्रुडर,फिडर,ड्रीङकर,चिक गार्ड,बल्ब सिलिन्डर आदि) पाईप लाईन पनि गुणस्तरीय निसंक्रमण औषधि प्रयोग गरेर निसंक्रमण गरेको हुनुपर्दछ।
६)ब्रुडिंग क्षेत्रफल भर सबैतिर समान किसिमको प्रकाश हुनुपर्दछ।कतै चम्किलो र कतै मधुरो हुनुहुदैन।
७) साइडमा डबल पर्दा, एउटा जुटको र अर्को प्लास्टिकको राख्न सकिन्छ ताकि सिधै चिसो हावा खोरभित्र प्रवेश नगरोस।
८) रातको समयमा पनि पर्दा माथिबाट हावाको आवज जावत हुने गरी भेन्टिलेशन दिन आवश्यक छ।सबै पर्दा खोलिराख्नु हुदैन। केहि केही समयको अन्तरालमा केही बेर खोलेर बन्द गरिहाल्न भने सकिन्छ ताकि खोरभित्र संचित भएको ग्याँस बाहिर जान पाओस्। दिनको समयमा भने खोरको साडतिर जहाँ घाम लाग्छ पर्दा खोलिदिनुपर्छ ।
९) ब्रुडर जस्तोसुकै प्रयोग गरेपनि तापक्रम दिने श्रोतको कारणले ब्रुडिंग क्षेत्रफलमा ग्यास संचित हुनुहुदैन।यदि ग्यास संचित भएमा कुखुराको पेटमा पानी भरिने समस्या अधिक मात्रामा देखिन सकिन्छ।
१०) चिस्यान भएमा खोरमा सुख्खा सोत्तर थपिदिने।
११) एक्जस्ट पंखाको व्यवस्था गरी खोरभित्र संचित भएको ग्यास निकाल्न सकेको खण्डमा उपयुक्त हुन्छ।
(नोट: माथि दिएको विवरण हाम्रो सम्पूर्ण किसन दाजुभाई दिदीबहिनीहरु लाई अत्यन्तै महत्वपुर्ण रहेको छ)
#दिपेश के:सी :९८५७०१६८२४
#नरेन्द्र गाहा: ९८४७३१९७९४
#आशिष पौडेल :९८५७०१६८२९
श्री दाउन्ने फीड्स प्रा. लि.
सिद्धार्थनगर – ४ भैंरहावा लुम्बिनी रोड़