• +977 9857016822
  • info@daonnefeeds.com

Blog-details

कुखुरामा लाग्ने गम्बारो रोग (Infectious Bursal Disease)(IBD):

Blog-Image


गम्बारो मुख्य गरी सानो उमेरका कुखुरामा Birna virus को कारणले लाग्ने घातक सरूवा रोग हो। छिटो फैलने तर मृत्युदर कम हुने यस रोगले गर्दा प्रतिरोधात्मक क्षमता न्युन हुने हुँदा यस रोगलाई कुखुरामा लाग्ने एड्स पनि भनिन्छ।
कारक तत्व: Birna virus (infectious bursal disease virus) का कारण यो रोग लाग्ने गर्दछ।
रोग सर्ने तरिका: रोग तथा संक्रमित पन्छी हरू संग प्रत्यक्ष अप्रत्यक्ष सम्पर्क, संक्रमित वस्तुहरू (दाना/हावा पानी/सुली/स्वासप्रस्वास/ औजार/कपडा लगाएत अन्य)
रोगका लक्षणहरू: यस रोगका लक्षणहरू निम्न प्रकार रहेका छन्।
१) झोक्राएर बस्ने साथै शरिरको सन्तुलन बिग्रने।
२)पानी जस्तो पातलो दिसा गर्ने ।
३) मलद्वारमा सुली टासिने।
४)शरिर एकातिर ढल्काएर बस्ने।
५) शरीरमा पानीको मात्रा कम हुने।
६) मृत्युदर १५ प्रतिशत देखि ९० प्रतिशत सम्म हुने ।
७) सेतो दिशा छेर्ने।
८) ज्वरो आउने।
निदान ( Diagnostic): रोगका लक्षण पोष्टमार्टम गरेर हेर्दा रिपोर्टमा बर्सा सुन्नीएको भेटिनु साथै पहेंलो पीप जस्तो पदार्थ भरिएको हुने र बिस्तारै वर्सा सुक्दै जाने छाती तथा बिदाको मासुमा रक्तस्राव हुन्छ पांग्रा र प्रोभेन्टीकुलसको बिचमा रक्तस्राव र घाउ हुने सुन्नीने र रक्तस्राव हुने।
रोकथाम तथा नियन्त्रण: यो रोग लागीसके पछि उपचार नहुने हुँदा रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न उपायहरु अपनाउन सकिन्छ।
१) संक्रमित पन्छीहरूलाई उचित क्वारेन्टाइन वा आईसोलेसनको व्यवस्था गर्ने।
२) मरेका पन्छी तथा फोहोरहरुको उचित व्यवस्थापन गर्ने।
३) खोर तथा खोर वरिपरिको नियमित सरसफाई र निसंक्रमण गर्ने।
४) जैविक सुरक्षाको उचित व्यवस्थापन गर्ने।
५)गम्बारो बिरूद्ध नियमित तोकिएको खोपहरु लगाउने ११ तथा १८ दिनमा intermediate strain vaccine दिने।
६) फार्ममा बाह्यय जिवजन्तु, सवारी साधन, तथा मानिसहरूको आवतजावत रोक्ने।
७) secondary infection रोक्नका लागि Antibiotics हरू प्रयोग गर्न सकिन्छ।
८) ज्वरो नियन्त्रण तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि paracetamol/Immucocare/vit E-selinum Electrolite हरू दिन सकिन्छ।
(नोट: माथि दिएको विवरण हाम्रो सम्पूर्ण किसन दाजुभाई दिदीबहिनीहरु लाई अत्यन्तै महत्वपुर्ण रहेको छ)
#दिपेश के:सी :९८५७०१६८२४
#नरेन्द्र गाहा: ९८४७३१९७९४
#आशिष पौडेल :९८५७०१६८२९
श्री दाउन्ने फीड्स प्रा।ली।
सिद्धार्थनगर - 4 हिमाली संगम भैरहवा