• +977 9857016822
  • info@daonnefeeds.com

Blog-details

# कुखुरापालन व्यवसायमा पानी र दानाको व्यवस्थापन कसरी गर्ने???

Blog-Image


# कुखुरापालन व्यवसायमा पानी र दानाको व्यवस्थापन कसरी गर्ने???
पानीको व्यवस्थापन:
१) ड्रिकंरको उचाईमा गोजेरोको सतहमा मिलाई राख्नुपर्दछ।
२)ड्रिकंरलाई दैनिक र पानीको‌‌ पाईपलाई नियमित रूपमा सफा राख्नुपर्दछ।
३) बाटाहरू सस्तो भएतापनि दुषित हुने सम्भावना बढी हुन्छ।
४) अटोमेटिक ड्रिकंरमा पानीको गुणस्तर कायम रहिरहन्छ।
५) पशु चिकित्सकको निर्देशानुसार बाटर सेनिटाइजरहरूको प्रयोग गर्नुदपर्छ।
दानाको व्यवस्थापन:
१) बिना रोकावट प्रशस्त मात्रामा दाना बारम्बार दिइरहने।
२) प्रत्येक ५० चल्लाको लागि १ फिडर उपलब्ध गराउने।
३) फिडर र ड्रिकंरको सामान्य दुरी ४ फिट भन्दा बढी नबनाउने।
४)यदि गर्मीबाट तनाव भएमा चिसो भएको समयमा बढी दाना दिने।
दाना खेर जानबाट बचाउने विधि:
१) व्यावसायिक तवरमा उपलब्ध प्लास्टिक फिडर प्रयोग गर्ने।
२)फिडरको उचाइ चल्लाको ढाड संग बराबर राख्ने ।
३) फिडरको २/३ भाग भर्ने।
दानाको भण्डार कसरी गर्ने:
१) सुख्खा तथा हावा आवतजावत गर्ने ठाउँमा भण्डार गर्ने।
२) दानालाई बर्षको पानी तथा सुर्यको सिधा प्रकाशबाट बचाउने।
३) दाना भण्डार गर्ने ठाउँ भई सतहबाट १-२ फिट उचाइमा र दानाका बोरा हरु फलेक माथि राख्नु पर्दछ।
४) दानालाई लाई तोकिएको समय अवधि सम्म भण्डारन गर्ने।
मुसा तथा जंगली चराको नियन्त्रण:
१) दाना पोख्न कम गरेमा मुसा तथा जंगली चरा आउन निरूत्साहित हुन्छ।
२)मुसा मार्न औषधि मुसा मार्ने जाल (ट्राप) र ग्लुहरु एक पछि अर्को प्रयोग गर्ने।
३)खोर बरिपरि फोहोर, झारपात चरा गुड र गुलियो फलफुलका बोटहरू हुनुहुदैन।
भेन्टिलेसनको व्यवस्थापन :
१)पर्दा झारेको वेलामा पनि न्युनतम भेन्टिलेसन उपलब्ध हुने गरी व्यवस्था मिलाउने।
२) एमोनिया ग्यासलाई खोरबाट हटाउन राम्रो भेन्टिलेसनको राम्रो व्यवस्था गर्ने ताकि कुखुरामा कुनै समस्या आउँदैन।
३) कुखुरालाई कहिल्यै पनि सोझो हावा/वताससंग सम्पर्कमा ल्याउनु हुँदैन।
#अधिक जानकारीको लागि तल दिएको सम्पर्क नम्बरमा फोन गर्नु होला।
# दिपेश के.सी =९८५७०१६८२४
#नरेन्द्र गाहा=९८४७३१९७९४
#आशिष पौडेल=९८५७०१६८२९
श्री दाउन्ने फीड्स प्रा.ली
सिद्धार्थनगर - 4